दफा ७
माग, आपूर्ति वा मूल्यमा प्रतिकूल प्रभाव पार्न नहुने
कसैले पनि कुनै व्यक्तिसँग मिली देहायका कुनै काम गरी कुनै उपभोग्य वस्तु वा सेवाको माग, आपूर्ति वा मूल्यमा प्रतिकूल प्रभाव पार्न हुदैन –
(क) कुनै उपभोग्य वस्तुको लागि चाहिने कच्चा पदार्थको कोटा निर्धारण गरी वा कुनै उपभोग्य वस्तुको उत्पादन घटाउन वा त्यस्तै अन्य कुनै काम गरी,
(ख) कुनै उपभोग्य वस्तु वा सेवा सञ्चित गरी वा अन्य तवरले कृत्रिम अभाव खडा गरी वा निर्धारित समय वा स्थानमा मात्र मत्यस्तो वस्तु वा सेवा बिक्री वितरण गर्ने गरी वा त्यस्तै अन्य कुनै काम गरी ।